२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

मुगुमा अढाई घण्टाको फरकमा दुईपटक भूकम्प

मुगुमा अढाई घण्टाको फरकमा दुईपटक भूकम्प

बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • मुगु - मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहानसम्म दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कालाइ क्षेत्रमा केन्द्रबिन्दु भएर गएराति १ बजेर ५१ मिनेटमा र बुधबार बिहान ४ बजेर २८ मिनेटमा भूकम्प गएको हो।

    केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार राति १ः५१ बजे ४.५ म्याग्निच्युड र बिहान ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

    उनका अनुसार एउटै क्षेत्रमा करिब अढाई घण्टाको फरकमा दुईवटा भूकम्प गएको हो। ४.५ र ४.२ म्याग्निच्युडका भूकम्पबाट सामान्यतया ठूलो क्षति हुने सम्भावना कम भए पनि सावधानी अपनाउनुपर्ने उनले बताएका छन्।

    भूकम्पविद् अधिकारीका अनुसार ठूला भूकम्पपछि विभिन्न परकम्प जाने गर्छन्। कुनै क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएपछि त्यस आसपासमा त्यसभन्दा कम म्याग्निच्युडका ३, २ वा १ म्याग्निच्युडका थप भूकम्पहरू जान सक्ने उनले बताए।

    यसअघि गत साता मुस्ताङलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। भदौ २३ गते राति ९ बजेर ५३ मिनेटमा गएको उक्त भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो।

    उक्त भूकम्पपछि हालसम्म २०–२२ वटा परकम्प गएको भूकम्पविद् अधिकारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend