२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात एकतर्फी

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात एकतर्फी

शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं - मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान करिब साढे ७ बजे सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन भइरहेको छ।

    पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ। लेदो तथा पहिरो पन्छाएर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउन करिब एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend