२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

नेपालले भदौमा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात गर्‍यो

नेपालले भदौमा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात गर्‍यो

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • काठमाडौँ- नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरिएको हो।

    प्राधिकरणले द्विपक्षीय सम्झौता तथा विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्रीबाट ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

    यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।

    तर, भोटेकोसी बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात हाल रोकिएको प्राधिकरणले जनाएको छ।

    अन्य जलविद्युत् आयोजनाबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिएको प्राधिकरणको भनाइ छ।

    बंगलादेशसँगको विद्युत् व्यापारलाई निरन्तरता दिन भारतको प्रसारण संरचना हुँदै विद्युत् निर्यात गर्नुपर्ने भएकाले आवश्यक स्वीकृति प्राप्त भएपछि अन्य आयोजनाबाट पनि निर्यात पुनः सुरु गर्ने तयारी प्राधिकरणले गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend