कञ्चनपुर-भेलले वगाएर ल्याएको दाउरा संकलन गर्नेक्रममा महाकाली नदीमा दुई किशोर वगेर वेपत्ता भएका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली नदीले भीमदत्त १२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइलाई दाउरा टिप्दै गर्दा वगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले बगेकामध्ये सौरभको शव फेला परेको वताए । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।