काठमाडौँ-सरकारले बाढी, पहिरो तथा डुबानबाट प्रभावित पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरुलाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको हो । राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन बाढीपहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरिएको हो ।
गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) को अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय ३९ जनाको मृत्यु भएको छ । १९ अझै बेपत्ता छन् । सयौं परिवार घरवारविहीन हुन पुगेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरू पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको थियो ।