२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

८६ बर्षिया वृद्धाको हत्या अभियोगमा युवक पक्राउ

८६ बर्षिया वृद्धाको हत्या अभियोगमा युवक पक्राउ

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • धादिङ-शिद्धलेक गाउँपालिका स्थित वडा नम्बर ६ सिम्ले भन्ने स्थानमा ८६ वर्षीया वृद्धाको हत्या भएको छ ।
    गए राति अन्दाजी ११ तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ ।
    हत्या भएको खबर लगत्तै पाण्डेले आफ्नै कमाण्डमा प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए ।
    हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउसमेत गरेको छ ।
    निलकण्ठ नगरपालिका- ८ को मैदी भञ्ज्याङ भन्ने स्थानबाट भाग्दै गरेको अवस्थामा बिहीवार बिहान गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
    ती युवकले गोर्खाबाट धादिङको शिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तली मायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रारम्भिक वयानमा बताएका छन ।
    हत्याको कारण भने खुल्न सकेको छैन ।
    युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend