२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

टिपर दुर्घटनामा अरुण तेस्रो जलविद्युतका २ भारतीय मजदुरको मृत्यु

टिपर दुर्घटनामा अरुण तेस्रो जलविद्युतका २ भारतीय मजदुरको मृत्यु

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • संखुवासभा- संखुवासभामा मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ ।
    मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको थियो । 
    जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेहरुमा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको छन । ।
    अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो ।
    दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् । घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
    चिकित्सकले आज बिहानका राति करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको शव जिल्ला खाँदबारी अस्पतालमै छ ।
    दुर्घटनामा परेर सोहि आयोजनाका मजदूर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको प्रहरीले जनाएका छ ।  
    घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ ।
    पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रहरीका अनुसार कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend