अर्घाखाँची- तिहारको भैलो खेलिरहेको समुहलाई बे्रेक फेल भएको बसले किच्दा अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाईते बन्न पुगेका छन । भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा सोमबार साँझ देउसी भैलो खेलिरहेका समुहलाई ब्रेक फेल भएको ना ३ ख २४७१ नम्वरको बसले किचेको प्रहरीले जनाएको छ ।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिदा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो । अर्की गम्भिर घाईते बनेकी २२ बर्षिया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।