२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

दार्चुलाको मालिकार्जुनमा जीप दुर्घटनामा सात जनाको मृत्यु, ६ घाईते

दार्चुलाको मालिकार्जुनमा जीप दुर्घटनामा सात जनाको मृत्यु, ६ घाईते

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • दार्चुला-दार्चुलाको मालिकार्जुनमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
    मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार  बिहान करिब चारबजे शैल्यशिखर नगरपालिका ६ मा ​दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
    घटनास्थल सदरमुकाम खलंगाबाट झण्डै ४० किलोमिटर टाढा पर्छ। अहिले पनि मृतकको शव घटनास्थलमै छ। अहिलेसम्म मृतक कसैको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेलाई स्थानीय प्रहरीको सहयोगमा उपचारका लागि गोकुले अस्पताल पठाइएको छ। दुर्घटनास्थलमा दार्चुलाका डीएसपीको नेतृत्वमा प्रहरी टोली गइरहेको प्रहरीले जनाएको छ। 
    घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend