२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

दाङमा विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • दाङ- दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै सोमवार विहान लु १ ज ४२९८ नम्वरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमवार विहान करिव ५ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएपनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।प्रहर नायव उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनु भयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend