२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

तीब्र गतिको बस अनियन्त्रित भएर पल्टिदा शशस्त्र प्रहरी निरीक्षकको मृत्यु

तीब्र गतिको बस अनियन्त्रित भएर पल्टिदा शशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • सर्लाही-अति नै तीव्र गतिको बस अनियन्त्रित भएर पल्टिँदा मंगलबार राति सर्लाहीको बलरा नगरपालिका तौनास्ठित बोर्डर आउट पोष्ट बीओपीमा  सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको छ । 
    रौतहटको बडहरवाबाट सर्लाही हुँदै काठमाडौँ जाँदै गरेको बस सशस्त्र प्रहरीको क्याम्प अगाडि पुगेपछि सन्तुलन गुमाएर प्रहरी निरीक्षक तुलाधरमाथि बजारिएको थियो । 
    गएराति करिब नौ बजे बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बस पल्टिदा च्यापिएर गम्भिर घाईते बनेका ४२ बर्षिय तुलाधरलाई डोजरको सहायताले निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले तुलाधरको शवलाई आजै नै मृतकको घर काठमाडौँ पुर्‍याउने तयारी गरिएको जानकारी दिए ।
    प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ। 
    ड्युटी सकेर क्याम्प फर्किने तयारीमा रहेको बेला इन्सपेक्टर तुलाधारलाई क्याम्प अगाडि नै बसले किचेको सोही क्याम्पमा कार्यरत सशस्त्र  प्रहरी जवान प्रिन्स शर्माले जानकारी दिए। बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend