२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

चार सैनिक र २५ आतङ्ककारी मारिए-पाकिस्तानी सेना

चार सैनिक र २५ आतङ्ककारी मारिए-पाकिस्तानी सेना

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • एजेन्सी-  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा केपी प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतङ्ककारी मारिएका सेनाले जनाएको छ। 
    सुरक्षा बलहरूले केपीको खैबर जिल्लामा खुफियामा आधारित अपरेसन सञ्चालन गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर(सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर)ले विज्ञप्तिमा बताएको छ।  
    अपरेसनका क्रममा सुरक्षा बलहरूले एक प्रमुख सदस्यसहित २५ आतङ्ककारीलाई मारेको र ११ जना आतङ्ककारी घाइते भएको विज्ञप्तिमा उल्लेख छ। तथापि अपरेसनका क्रममा चार सैनिकले पनि ज्यान गुमाएको आइएसपिआरले जनाएको छ।
    अपरेसनमा आतङ्ककारीहरूलाई भएको भारी क्षति पाकिस्तानबाट आतङ्कवादको खतरा हटाउन सुरक्षा बलहरूको प्रतिबद्धताको प्रमाण भएको सेनाले बताएको छ।
    सोमबार पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शृङ्खलाबद्ध आक्रमणमा सुरक्षाकर्मीहरूसहित कम्तीमा ५३ जनाको मृत्यु भएको थियो। अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले जनाए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend