२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

तमानखोला कटेरीको जिप दुर्घटनामा दुई महिला कर्मचारी गम्भिर घाईते

तमानखोला कटेरीको जिप दुर्घटनामा दुई महिला कर्मचारी गम्भिर घाईते

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • बागलुङ-कर्मचारीसहित अन्य यात्रु बोकेर मानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग१ ५७०५ नम्बरको पिकअप जिप उकालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त हुँदा दुई महिला कर्मचारी गम्भिर घाईते भएका छन । 
    दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।
    त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 
    घाइतेमध्ये सहायक प्रशासकीय मुना विक र प्राविधिक साहयक नवीन मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ । गंभीर घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले बताए । घाइतेहरुको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ । मध्यम र सामान्य घाइतेहरुको बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको डिएसपी यादवले जानकारी दिए ।

    तमानखोलाको प्रशासनिक केन्द्र रहेको बोङ्गादोभान बजारदेखि भएरकटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप बे्रक फेल हुँदा सोमबार दिउँसो साढे १२ बजे कटेरीमा दुर्घटनामा परेको थियो । जिप दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी बोङ्गादोभानका प्रहरी सहायक निरीक्षक सन्तराम श्रेष्ठ नेतृत्वको प्रहरी टोली र स्थानीयले घाइतेको उद्वार गरी उपचारको लागि बुर्तिवाङ अस्पताल पठाएको थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend