काठमाडौं-सरकारले शिक्षा विधेयक पारित गर्नका लागि संसदको हिउँदे अधिवेशन आव्हान गरेको जनाउँदै शिक्षकहरुलाई तत्काल विद्यालयमा फर्कन आव्हान गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाएको हो । शिक्षामन्त्री विद्या भट्टराईले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ।
यस्तै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने निर्णय पनि बैठकले गरेको छ।
शिक्षकहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री भट्टराईले बताइन्।
यस्तै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिई शिक्षकहरूलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वा गर्ने निर्णय पनि बैठकले गरेको छ।