२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

तीव्र गतिको बिद्युतीय बस लामेआहालमा खेतमा खस्दा तीन यात्रुको मृत्यु

तीव्र गतिको बिद्युतीय बस लामेआहालमा खेतमा खस्दा तीन यात्रुको मृत्यु

बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  • पोखरा-पृथ्वीराजमार्गको लामेआहालखण्डमा बुधबार दिउँसो विद्युतीय माईक्रोबस दुर्घटनाग्रस्त हुँदा तीन यात्रुको मृत्यु भएको छ । तीव्र गतिमा गुडेको माईक्रोबस पोखरा ३२ स्थित लामेआहालमा सडकवाट करिव ३५ मिटर तल खेतमा खस्दा दुई महिला र एक पुरुष यात्रुको मृत्यु भएको हो । 
    धादिङबाट पोखरा आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको स्थायी ठेगाना धादिङ हो । दुर्घटनामा धादिङको गंगाजमुना फुलखर्क स्थायी घर भएर पोखरा हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं. ५ की ४५ वर्षीया तिल कुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।
    घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई  पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend