२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

सर्भर जाम र व्यवस्थापनमा कमजोरी

स्वास्थ्य विमाका विरामीलाई सधै सास्ती

स्वास्थ्य विमाका विरामीलाई सधै सास्ती

घण्टौं लाईनमा ठेलमठेल गरेर बल्ल बल्ल पालो आएर औषधि लिन जाँदा फार्मेसीले यो औषधि पाईदैन बाहिरवाट लिनुपर्छ भनेपछि धेरै विरामी आक्रोशित हुँदै बाहिरिएका देखिन्थे ।

शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२

  • पोखरा- स्वास्थ्य विमाको सर्भर जाम र फार्मेसी व्यवस्थापनको कमजोरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका विरामी र आफन्तले सास्ती खेप्दै आएका छन । 
    दैनिक पन्ध्र सय बढि विरामी उपचारको लागि आउने अस्पतालको वहिरंग (ओपिडी ) फार्मेसीबाट औषधि लिन विरामीले घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता छ । स्वास्थ्य विमाको सर्भर वेला वेलामा डाउन भएर नचल्ने हुँदा त रित्तो हात फर्कनुपर्ने अबस्था छ । विहीबार अस्पतालको फार्मेसीमा घण्टौं लाईनमा बस्दा समेत थुपै्र विरामी रित्तो हात फर्कन बाध्य भए । विमाको सर्भर ढिलो चल्दा र घरी घरी ठप्प हुँदा दिनभर लाईनमा बसेर पनि विरामी रित्तो हात घर फर्कन विवश भएका हुन । साँझ पाँच बजेपछि कार्यालय समय सकिएपछि फार्मेसीका कर्मचारीले स्क्यानिङ्ख, विलिङ्ख र औषधि वितरण गर्न नसकिने बताउँदै काउन्टर बन्द गरिदिएपछि घण्टौं लाईनमा पालो कुरेर बसिरहेका विरामीहरु निरास हुँदै फर्किएका भेटिन्थे ।  
    दिनहुँ खचाखच विरामीले भरि भराउ हुने ओपिडी फार्मेसीमा औषधि वितरण व्यवस्थापन भद्रगोल हुँदा विरामीले सधै सास्ती खेप्नु परेको पोखरा १४ चाउथेवाट उपचारका लागि आएकी उमा थापाले वताईन । डेढ एक महिना अघि शल्यक्रिया गरेर फलो अपको लागि विहान पाँच बजेदेखि श्रीमानसँगै अस्पतालमा आएकी उनले अरु धेरै बृद्धबृद्धाहरुले सास्ती खेप्नु परेको दुःखेसो पोखिन । 
    घण्टौं लाईनमा ठेलमठेल गरेर बल्ल बल्ल पालो आएर औषधि लिन जाँदा फार्मेसीले यो औषधि पाईदैन बाहिरवाट लिनुपर्छ भनेपछि धेरै विरामी आक्रोशित हुँदै बाहिरिएका देखिन्थे । 
    गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट रिफर विरामीहरु आउने यस अस्पतालको ओपिडी फार्मेसीमा औषधि वितरण प्रणाली अव्यवस्थित र भद्रगोल पाराको छ । 
    घण्टौं लाईनमा बसेर बल्ल बल्ल स्क्यानिङ्ख गरयो फेरि विलिङ्खका लागि अर्को लाईनमा घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता बनाईएको छ । पहिला एउटा काउन्टरमा स्क्यानिङ्ख गरेपछि लगत्तै सँगैको अर्को काउन्टरवाट विलिङ्ख गर्न पाईने व्यवस्था भएपनि अहिले त्यो हटाएर विलिङ्खका लागि फेरि लाईनमा बस्नुपर्ने बनाएपछि विरामीहरुले सास्ती खेप्नु परेको हो । एक त विरामी त्यसमाथि घण्टौं लाईनमा बस्दा झनै थला पर्ने समस्या भएको विरामीको गुनासो छ । 
    विरामी र कुरुवाहरुले ओपिडी फार्मेसीमा देखिएको यो समस्या बारे अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन । 
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतवहादुर खत्रीले केहि समय पदावधि सकिएर आफु नहुँदा अस्पतालमा भद्रगोल भएको वताउँदै त्यसलाई सुधार गर्ने जानकारी दिए र्।  मेरो कार्यकाल सकिएर करिव डेढ महिनादेखि म यहाँ थिईन, त्यसपछि यहाँ के के परिवर्तन भएर भद्रगोल भयो थाहा भएन,’ निर्देशक डा. खत्रीले भने ‘अर्को नियुक्ती नभएसम्मका लागि फेरि म जिम्मेवारीमा फर्किएको छु । फार्मेसीमा के कस्तो समस्या छ म बुझेर सहज हुने व्यवस्था मिलाउन निर्देशन दिन्छु ।’
    डा. खत्रीले बिहीवार देशभर स्वास्थ्य विमाको सर्भर डाउन भएकोले अन्य अस्पतालहरुमा पनि समस्या आएको वताए ।  अस्तालको ओपिडीमा मात्रै दैनिक पन्ध्र सय विरामी आउने हुनाले विरामीको चाप धेरै हुँदा पनि सजिलै सेवा दिन समस्या भएको वताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend