२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

दल तथा उमेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था

दल तथा उमेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था

सोमवार, माघ १३ २०८२
सोमवार, माघ १३ २०८२
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उमेदवारहरूका लागि निर्वाचन अभियानसम्बन्धी आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई यससम्बन्धी खाता खोल्न भनिएको छ । 
    निर्वाचनका बेला हुने आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने र उमेदवारहरूलाई आफ्नो चुनावी खर्चको हिसाब राख्न सहज हुने अपेक्षासहित यस्तो व्यवस्था गरिएको बताइएको छ ।
    निर्वाचन आयोगको अनुरोधबमोजिम जारी गरिएको यस व्यवस्थाअनुसार पार्टी तथा उमेदवारहरूको चुनावी खर्च र आम्दानीको कारोबारका लागि छुट्टै बैंक खाता खोल्न पाउने व्यवस्था गरिएको हो । जसअन्तर्गत आयोगले प्रत्येक राजनीतिक दल, राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवारहरू (समानुपातिक उमेदवार समेत) र स्वतन्त्र उमेदवारहरूलाई चुनावी हिसाबकिताब खातामार्फत गर्न भनिएको छ ।

    खाता खोल्ने प्रक्रिया
    राष्ट्र बैंकका अनुसार, यी खाताहरू नेपाली मुद्रा ९रुपैयाँरपैसा०मा मात्र सञ्चालन हुने गरी एउटा एक मात्र खाता खोल्न पाइनेछ । यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा उल्लेख भएअनुसार “कुनै पनि व्यक्तिले एउटै बैंक वा वित्तीय संस्थामा एउटै प्रकृतिको एकभन्दा बढी स्वदेशी मुद्राको खाता खोल्न नपाउने” व्यवस्था छ । तर, निर्वाचन प्रयोजनका लागि खोलिने यी खाताहरूको हकमा भने उक्त प्रतिबन्धात्मक व्यवस्था लागु नहुने गरी विशेष छुट प्रदान गरिएको छ । यी खाताहरू स्थायी प्रकृतिका हुने छैनन् । निर्वाचन आयोगले आमनिर्वाचन सम्पन्न भएपछि निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि मात्र यी खाताहरू सञ्चालनमा रहनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend