२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

खोटाङमा बिरामी बोकेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

खोटाङमा बिरामी बोकेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • काठमाडौं– खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो ।  पाँच जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ । 
    दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बाह्रखरीलाई जानकारी दिइन् ।  केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको गोडा भाँचिएको र अन्य सकुशल रहेको अवस्था छ,- कँडेलले भनिन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend