२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

जुफाल विमानस्थलमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, १३ यात्रु सकुशल

जुफाल विमानस्थलमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, १३ यात्रु सकुशल

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • डोल्पा - डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ। नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज आज बिहान अवतरण गर्ने क्रममा पाङ्ग्रा खुस्किएर बाहिर निस्किएको हो।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिलराज गिरीका अनुसार जहाज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा पछाडितर्फको एउटा पाङ्ग्रा खुस्किएको थियो।

    जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु रहेका थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला थिए। उनीहरू सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिनुभयो।

    प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजको पाङ्ग्रामा सामान्य समस्या देखिएको हो। घटनामा कुनै मानवीय क्षति नभएको उहाँले बताउनुभयो।

    पाङ्ग्रा खुस्किएपछि जहाज अहिले धावनमार्गमै रहेको छ। प्राविधिक टोलीले जहाजको अवस्था तथा पाङ्ग्रामा भएको समस्याबारे जाँच गरिरहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend