काठमाडौँ – फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा ५ अर्ब ३७ करोड खर्च भएको छ। निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन बुझाएको छ। चुनावका लागि निर्वाचन आयोगले ७ अर्व ८१ करोड ५ लाख माग गरेको मा सरकारले ६ अर्व ७६ करोड ६६ लाख स्रोत सहमति दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईक अनुसार प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भुक्तानी गरेको छ। बाँकी रकम भुक्तानी बाँकी रहेको आयोगले जनायो।
चुनावमा प्रत्यक्षतर्फ ६ वटा राजनीतिक दलले जितेका छन्। जसमा १६४ जना दलबाट र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १६५ जना उम्मेदवार निर्वाचित भएका छन्।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका ११० जना उम्मेदवार निर्वाचित भएका छन्। २७५ जना सदस्य रहेको प्रतिनिधि सभामा पुरुष १७९ र महिला ९६ निर्वाचित भएका छन्।
चुनावबाट रास्वपाले झण्डै दुई तिहाइ बहुमत १८२ सिट, कांग्रेसले ३७, एमालेले २५ र नेकपाले १७ सिट जितेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले सात र राप्रपाले पाँच सिट जितेका छन्।
जसमा आदिवासी जनजाति २१.०९ खसआर्य ४९.०९ थारु ३.२७, दलित ६.१८, मधेसी १६.७३ र मुस्लिम समुदायको ३.६४ प्रतिशत सदस्य निर्वाचित भएका छन्।
एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा भाग लिने प्रयोजनका लागि १२ राजनीतिक दलले ५ वटा र १०२ राजनीतिक दलले आ९आफ्नो चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिएका थिए।
११४ दलले १०७ वटा चुनाव चिन्हमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गराएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा चुनाव चिन्हमा ६५ राजनीतिक दल र समाभुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिन्हमा ६३ राजनीतिक दल निर्वाचनमा सहभागी भए।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला ३८८, पुरुष ३०१७ र अन्यबाट १ गरी कुल ३४०६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १७७२ र पुरुष १३६३ गरी ३१३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।
निर्वाचनका लागि महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ०३ हजार ६८९ मतदाता कायम रहेका थिए।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येवाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा १ लाख ८६ हजार १४२ मतदाता रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएकोमा १ करोड ५ लाख ५९ हजार १७ ९९४।५५० मत सदर भएकोमा ५.४५ प्रतिशत मत बदर भएको छ। यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ८१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ ९९६.०५५० मत सदर भएकोमा ३.९५ प्रतिशत मत बदर भएको छ। दुवै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मतको प्रतिशत ४.७ रहको छ।
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड खर्च गरेको थियो। तर बदर मत भने उल्लेख्य मात्रामा पाइएको छ।
आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लामा पुर्याएको थियो।
निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले प्रर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकोमा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कुटनीतिक निकायका १६४ जना प्रतिनिधि र ३ बटा अन्तरर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए। राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।