२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभीरमा पुनर्निर्माण गरिएको सडकमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • धादिङ-भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको धादिङको कृष्णभीर सडकखण्डमा पुनः पहिरो खस्न थालेको छ। लगातार दुई दिनदेखि भइरहेको वर्षाका कारण कृष्णभीरको माथिल्लो भागबाट पहिरो खस्न थालेको हो।

    पहिरोका कारण सडकको तलपट्टि निर्माण गरिएको सपोर्ट वालसमेत भासिएको छ। निरन्तर वर्षा भइरहेकाले पुनर्निर्माण गरिएको सडकखण्ड थप जोखिममा परेको छ।

    यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा गेग्रान खसेपछि यातायात प्रभावित भएको छ। राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन आवतजावतमा समस्या भएको छ।

    सडकमा पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्ग तत्काल पूर्ण रूपमा सञ्चालनमा आउन कठिनाइ भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहिरो तथा गेग्रान हटाउने र आवश्यक मर्मतको काम अघि बढाउने तयारी गरेको छ।

    वर्षा अझै जारी रहेकाले कृष्णभीरसहित पृथ्वी राजमार्गका जोखिमयुक्त सडकखण्डमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend