२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना

तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना

शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • काठमाडौँ– भोलि (शुक्रबार)देखि तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले अनुरोध गर्दै तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो।
    शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। लगत्तै शुक्रबार नै लुम्बिनी प्रदेशको दाङ र नेपालगञ्जसहितका तराई क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको प्राधिकरण जनाएको छ।
    पर्सि शनिबार पूर्वी नेपालमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी ९झन्डै ११९ किलोमिटर प्रतिघण्टा० चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
    प्रि(मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ।
    प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend