२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

भारतमा श्रृंखलावद्ध डकैतीको आरोपमा पाँच नेपाली पक्राउ

भारतमा श्रृंखलावद्ध डकैतीको आरोपमा पाँच नेपाली पक्राउ

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • काठमाडौं-भारतको हैदराबादमा केही महिनादेखि शृंखलाबद्ध रूपमा सुनचाँदीका सामग्रीलगायत डकैतीमा संलग्न भएको आरोपमा पाँचजना नेपाली पक्राउ परेका छन् ।
    हैदराबाद मेलका अनुसार उनीहरूलाई योजनाबद्ध रूपमा डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ परेका आरोपितहरूमा रमेश बहादुर चन्द, जनक कुमार, विक्रम शाही, ललितबहादुर चन्द, मदन खत्री र सुशील बोहरा रहेका जनाइएको छ ।
    प्रहरीले उनीहरूमाथि अपराध गर्ने, चोरीका सामान बुझ्ने, आर्थिक सहायता उपलब्ध गराउने र अपराध गर्नेलाई संरक्षण दिएको आरोप लगाएको छ ।
    उनीहरूको साथबाट चोरी भएका गहना, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend