२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा तोकिएको छ।

    त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको १०८ रुपैयाँ २८ पैसा र १०८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको १०८ रुपैयाँ ५६ पैसा र १०८ रुपैयाँ ९८ पैसा तथा सिङ्गापुर डलर एकको ११९ रुपैयाँ ६५ पैसा र १२० रुपैयाँ १२ पैसा रहेको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८० पैसा र २२ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको ४० रुपैयाँ ७१ पैसा र ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको ४१ रुपैयाँ ९५ पैसा र ४२ रुपैयाँ ११ पैसा तोकिएको छ।

    थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको ४१ रुपैयाँ ६३ पैसा र ४१ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ४७ पैसा र ३७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

    साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ४९ पैसा र १५ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ३४ पैसा र २३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको ४९७ रुपैयाँ २० पैसा र ४९९ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको ४०५ रुपैयाँ ५३ पैसा र ४०७ रुपैयाँ १२ पैसा तथा ओमनी रियाल एकको ३९७ रुपैयाँ ११ पैसा र ३९८ रुपैयाँ ६७ पैसा तोकिएको छ।

    यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend