२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

लागूऔषधसहित युवक पक्राउ

लागूऔषधसहित युवक पक्राउ

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • पोखरा- पोखरामा प्रहरीले ठूलो मात्रामा लागू औषधिसहित १ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २९ सैनिक बस्तीबाट प्रहरीले १९ वर्षीय आयुष तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका आयुषले अनलाइनबाट रकम लिने र लागुऔषध कुनै एक ठाउँमा लगेर राख्दै बिक्री गरेको फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार आयुषले भौतिक रूपमा भेटेर बिक्री गरेको देखिँदैन ।
    ‘यो घटनामा भौतिक रूपमा भेट भएर लागूऔषध बेचेको देखिँदैन । निजले कुनै एक ठाउँमा लगेर लागु औषध राख्छ, अनलाइनमा पैसा हालिदिएपछि ठाउँ भनिदिन्छ, त्यसरी बिक्री गरेको देखिन्छ’ डिएसपी वस्नेतले भने, ‘अनुसन्धान गर्दै जाँदा निजको घरकोठाबाट हामीले ठूलो मात्रामा लागू औषध बरामद गरेका हौं ।’ उनको साथबाट डाइजापाम एक हजार ७२१ एम्पुल, फेनारगन ३३४ एम्पुल र बु्रफिन ३७७ एम्पुल गरी कुल २ हजार ४३२ एम्पुल बरामद भएको हो । यस्तै मोबाइल २ थान र नगद ९३ हजार पाँच सय रुपैयाँसमेत बरामद भएको हो । बरामद रकमसमेत लागू औषध बिक्रीकै रहेको उनले जानकारी दिए ।

    653791892_1360194212814822_1977902619573179027_n.jpg

    ब्राउन सुगरसहित १ पक्राउ
    यस्तै पोखरा १० रामघाटबाट प्रहरीले ८ ग्राम १५ मिलिग्राम ब्राउनसुगरसहित २० वर्षीय शिव गिरीलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनी विरुद्ध लागु औषध मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend