२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बर्षा गराउने प्रणाली कमजोर हुदै

बर्षा गराउने प्रणाली कमजोर हुदै

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • काठमाडौं-दुई दिनदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिइन्। अब शुक्रबार र शनिबार बिहानको जस्तो वर्षा नहुने पोखरेलले बताइन्। 
    उनका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली हुनेछ। अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि विस्तारै हट्ने पोखरेलले बताइन्। 
    अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने उनको भनाइ छ। तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने मौसमविद् पोखरेलले बताइन्। 
    विभागको अभिलेख अनुसार अहिले कोसी, बागमती र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। 
    त्यस्तै, रुपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने छिटफुट वर्षा भएको विभागले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend