२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बर्दिया  निकुञ्जमा सिकार खेल्न गएका खत्री १७ दिनपछि मृत भेटिए

बर्दिया  निकुञ्जमा सिकार खेल्न गएका खत्री १७ दिनपछि मृत भेटिए

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  •  सुर्खेत-बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका टोपबहादुर खत्री १७ दिनपछि सोमबार मृत भेटिएका छन् । फागुन २३ गते सिकार खेल्न गएका अन्य पाँचजना अझै सम्पर्कविहीन छन् ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुधीरराज शाहीले उनको शव ठाकुरबाबा नगरपालिका-२ झाँक्री खोलामा फेला परेको हो । शवको सनाखत आसे महतराले गरेका थिए । महतारा मृतकका भिनाजु हुन् ।
    खत्रीसँगै सिकार खेल्न गएका समूहका पाँचजना अझैसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन भएकाहरूमा २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली र ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
    इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाका अनुसार, घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ ।
    हराइरहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
    सुर्खेत बराहताल गाउँपालिका–२ निवासी ३३ वर्षीय टोपबहादुर खत्रीसहितको टोली गत २३ फागुनमा सिकार खेल्ने उद्देश्यले घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा प्रारम्भिक टोली खटाइएको थियो ।
    घटनास्थल बर्दिया क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गर्दै थप टोली उक्त घटना अनुसन्धानको लागि सुर्खेतबाट समेत परिचालन गरिएको थियो ।
    घटनापछि इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा टोली खटिएको थियो । साथै, नेपाली सेनाको जबरजंग गण तथा निकुञ्जका कर्मचारीसमेत परिचालन गरिएका थिए ।
    एक चरणमा करिब ५० जनासम्मको संयुक्त टोलीले दुर्गम जंगल क्षेत्रमा खोजी कार्य सञ्चालन गरेको थियो ।
    खोजीका क्रममा सुर्खेत बराहताल गाउँपालिका–१, सुगरखाल जंगलस्थित एक ओडारबाट कालो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा फेला परेको थियो ।
    प्रहरीले उक्त सामग्रीलाई अनुसन्धानको महत्त्वपूर्ण आधारका रूपमा लिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend