२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

किशोरीलाई कुटपीट गर्दै बलात्कार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ

किशोरीलाई कुटपीट गर्दै बलात्कार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ

बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • विराटनगर- सिटी सफारीमा यात्रा गरेकी किशोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा सुनसरीको रामधुनीबाट एक जना चालक पक्राउ परेका छन् । चैत ६ गते साँझ १७ वर्षीया किशोरीलाई धरानको जंगलमा लगेर कुटपिट गरी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सिटी सफारी चालक २६ वर्षीय रोशन विश्वकर्मालाई पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार पीडित किशोरी धरानस्थित घर गएर मोरङ फर्किन लागेको अवस्थामा बलात्कृत भएकी हुन् । उनी त्यो दिन बेलुका भोटेपुल चोकमा गाडी पर्खेर बसेकी थिइन् ।
    त्यहीबेला सफारी चालकले अरू गाडी त्यहाँ नरोकिने बताउँदै बस स्ट्यान्डसम्म पुर्‍याइदिने भनेर आफ्नो सफारीमा चढाएका थिए । तर, उनले साकेला पार्क नजिकै जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
    पीडित युवतीले दिएको किटानी जाहेरीमा आरोपितले साकेला पार्क नजिकको जंगलमा लगी कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । पक्राउ परेका विश्वकर्माविरुद्ध अपहरण र जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend