२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आजदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने

आजदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने

शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौँ-नेपालमा पुनः मौसम बदली भई आजदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँ-ठाउँमा वर्षा हुने बताउनुभयो ।
    बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ ।
    महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीरअसिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
    शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भूभागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोखिन पनि विभागले सबैमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend