२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

ओली र लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

ओली र लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं- जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागिका प्रहरीले सरकारसँग लिखित आदेश माग गरेको छ ।
    नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
    लगत्तै, गृहमन्त्री सुधन गुरुङले निरन्तर सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग छलफल गरेका थिए । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङले मध्यरात अबेरसम्म सुरक्षा निकायका प्रमुख र सरकारी कर्मचारीसहितसँग छलफल गरेका छन् ।
    उनी अहिले प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितसँग उनले छलफल गरेका छन् ।
    त्यस्तै छलफलमा कानुन सचिव पाराश्वर ढुंगाना पनि पुगेका थिए ।
    स्रोतका अनुसार, प्रहरीले लिखित आदेशबिना जरुरी पक्राउ पुर्जी जारी गर्न नसक्ने बताएको थियो । त्यसपछि अहिले हेडक्वार्टरबाट सचिव ढुंगाना निस्किएका छन् । उनी अहिले नै मन्त्रालय गएको स्रोतको भनाइ छ ।
    गृहमन्त्री गुरुङले हिजो साँझ नेपाल प्रहरी र सशस्त्रका आईजीपीसँग छलफल गरेर छुट्टिएका थिए ।
    यसैबीच आजैमात्रै सरकारले पहिलो निर्णयमा नै जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
    उक्त निर्णयपछि प्रहरी र सशस्त्रका सबै युनिटलाई अलर्ट रहन सर्कुलर भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend