२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२

  • काठमाडौं - पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । मन्त्रिपरिषदको निर्णय र कागजातसहित राति नै निवासमा पुगेको प्रहरी टोलीले लेखकलाई पक्राउ गरेको हो ।
    भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।
    शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई निवासबाट पक्राउ गरेको हो । उनलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिने भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend