२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

एमाले अध्यक्ष एंंव पूर्व प्रधानमन्त्री केपि ओली ज्यान मुद्धामा पक्राउ

एमाले अध्यक्ष एंंव पूर्व प्रधानमन्त्री केपि ओली ज्यान मुद्धामा पक्राउ

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यान मुद्दामा पक्राउ परेका छन । जिल्ला प्रहरी परिसर काठमाडौँले केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको हो । अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको उक्त पत्रअनुसार उनीमाथि ज्यान सम्बन्धी कसुरसहितको मुद्दामा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
    प्रधानमन्त्रीमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाबारे बनेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी चन्द्रकुवेर खापुङमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ।
    प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त दफामा लापरबाहीपूर्ण कामका कारण कसैको ज्यान जान नहुने व्यवस्था गरिएको छ। यस्तो कसुर प्रमाणित भएमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्ने कानुनी प्रावधान छ।

    oli-niwas-(1)-1774657820.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend