काठमाडौँ - गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर न्यायको शुरुवात गरेको वताएका छन । उनले
कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको स्पष्ट पारेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्।
‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन्। गुरुङले लेखेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’