२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं-बलात्कार आरोपमा नेकपा (एमाले)का नेता एवं पूर्व सभासद कर्णबहादुर मल्ललाई प्रहरीले शनिबार पक्राउ गरेको छ। एक महिलालाई बलात्कार गरेको आरोपमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जानकारी दिएको छ। 
    मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई इलाका प्रहरी कार्यलय सात दोबाटोको टोलीले पक्राउ गरेको हो । मल्ल  विरुद्ध गत चैत ५ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी परेको  जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी गौतम  मिश्रले जानरकारी  दिएका छन्। 
    उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका इलाका प्रहरी कार्यालय सातदोबाटोले जानकारी दिएको छ।
    मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।
    आजै गृहमन्त्री सुधन गुरूङले जिल्ला प्रहरी कार्यालय ललितपुर र इलाका प्रहरी कार्यलय सातदोबाटोको निरिक्षण भ्रमण गरेका थिए। यस क्रममा उनले कडाइका साथ कानुनको पालना गर्न निर्देशन दिएका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend