काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
आइतबार जारी प्रेस विज्ञप्तिमा उहाँले भदौ २३ र २४ गतेको घटनासम्बन्धी उक्त प्रतिवेदन पूर्ण अध्ययनबिना कार्यान्वयन गर्ने निर्णय हतारमा गरिएको र संवेदनशील विषय भएको उल्लेख गर्नु भएको हो। विज्ञप्तिमा उहाँले सुशासनलाई मुख्य एजेन्डा बनाएको सरकारले यस्तो अपरिपक्व कदम चाल्नु दुःखद भएको बताउँदै लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्नु भएको छ ।
