२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं-सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ ।
    कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । दिनभर काठमाडौंको स्थिति तनावग्रस्त रह्यो ।
    यही कारण सुरक्षा जोखिम हेरेर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी गरेको स्रोतले बतायो । यस्तै उनको भक्तपुरको गुण्डुस्थित निवासमा पनि बाक्लो सुरक्षा पहरा लगाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend