काठमाडौं-बालेन नेतृत्वको सरकारले नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने भएको छ । सरकारले सम्पत्ति छानबिन लागि अधिकार सम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। १५ दिनभित्र यस्तो समिति गठन गरिने प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।
जसले राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन गर्ने छ। सुरुमा २०६२–६३ पछिको र दोस्रो चरणमा २०४८ पछिको छानबिन गर्ने निर्णयमा उल्लेख छ।
