२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

आयल निगमका कार्यकारी निर्देशक भट्टले सरकारी कार डिभाइडरमा ठोके

आयल निगमका कार्यकारी निर्देशक भट्टले सरकारी कार डिभाइडरमा ठोके

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२

  • काठमाडौं-नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार दिउँसो करिब २ बजे कलंकी चोकको डिभाइडरमा लगेर आफैँले चलाएको कार ठोकेका छन्।
    शनिबार सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको सरकारी कार लिएर निस्केका उनले डिभाइडरमा कार ठोकेपछि कलंकीस्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका थियो।
    कलंकीस्थित ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजीव बस्नेतका अनुसार दिउँसो २ बजेतिर घटना भएपछि स्थानीयले कार र चालकलाई घेरेका थिए। त्यसपछि ट्राफिक प्रहरी पुगेर चालक भट्टलाई नियन्त्रणमा लिएको हो। ‘घटना दिउँसो २ बजेतिरको हो,’ बस्नेतले भने, ‘कंक्रिटको डिभाइडरमाथि कार चढेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।’
    स्थानीयले मापद पदार्थ सेवन गरेर कार चलाएको भन्दै भट्टलाई कारबाही गर्न नाराबाजी गरेका थिए। तर, ट्राफिक प्रहरीको मेसिनले परीक्षण गर्दा मादक पदार्थ सेवन नगरेको पाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। उनका अनुसार कारको अगाडिपट्टिको भागमा ठुलो क्षति पुगेको छ।  
    स्थानीय प्रत्यक्षदर्शीहरूले भने कार तीव्र गतिमा आएर डिभाइडर हानेको र लेन मिचेर भाग्न खोजेपछि भिडले घेरेर रोकेको बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend