२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

मन्त्रालयको संख्या घटाउने

मन्त्रालयको संख्या घटाउने

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं- सरकारले हाल कायम रहेको मन्त्रालयको संख्या घटाउने भएको छ। मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्नका लागि संख्या घटाउन लागिएको हो। 
    सरकारको शासकीय सुधारका लागि तयार गरिएको १०० कार्यसूचीमा ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने उल्लेख गरिएको छ।  
    मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्ने सन्दर्भमा हाल कायम रहेका दरवन्दीहरूसमेत व्यवस्थापन गर्नुपर्ने भएमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने सरकारको तयारी छ।  
    सो बमोजिम सेवा निरन्तरताका लागि संक्रमण मार्गचित्र तयार गर्न, जनशक्ति, बजेट तथा कार्यक्रम लगायतका प्रबन्ध मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनर्संरचना व्यवस्थापन सचिवालय गठन गर्ने कार्यसूचीमा उल्लेख छ। 

    १००-क्रियाकलापहरू-Final.pdf :To download file click here

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend