२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पहाडी र हिमाली स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी र हिमाली स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना

आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं- नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
    विभागका अनुसार, आज (चैत १५) देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । 
    राति, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend