२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

ओली र लेखकलाई आज अदालतमा पेस गरिदै

ओली र लेखकलाई आज अदालतमा पेस गरिदै

आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) अदालत पेस गरिँदै छ । ओली र लेखक दुवै शनिबार पक्राउ परेका हुन् । 
    शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।
    एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ । 
    प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्णय गरेलगत्तै दोषी ठहर भएका ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend