२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ

आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं- पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई निवासबाट बरामद भएको रकम सम्बन्धी अनुसन्धानका लागि आइतबार बिहान पक्राउ गरिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिएका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। 
    गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए। सोही घटनासँग सम्बन्धित रकमको स्रोतबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। 
    यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान अघि बढाएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend