२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

नावालिकालाई दास बनाएर यातना दिने एमाले प्रदेश सांसद शर्मा दुई बर्षपछि पक्राउ

नावालिकालाई दास बनाएर यातना दिने एमाले प्रदेश सांसद शर्मा दुई बर्षपछि पक्राउ

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं- नावालिकालाई घरेलु कामदारको रुपमा दास बनाएर यातना दिने लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट पक्राउ गरिएको  हो । 
    उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन । 
    महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए । हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो । 
    बालिकाले सांसद शर्मा आफूले ६ वर्षदेखि परिवार समेत भेट्न नपाएको गुनासो गरेकी थिइन् । २०८१ जेठ १४ गते महानगरले ती बालिकालाई उद्दार गरेको थियो ।
    महानगरले मुुलुकी फौजदारी  संहिता ऐन २०७४ को दास बनाउन नहुने कसुर अन्तर्गत कारबाही लागि प्रहरीमा उजुरी दिएको थियो । शर्मालाई गिरफ्तारीका लागि अदालतले पक्राउ पुर्जी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend