२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

माधव नेपाल जोडिएको पतञ्जली प्रकरण मुद्दामा बहस नोट पेश गर्न आदेश

माधव नेपाल जोडिएको पतञ्जली प्रकरण मुद्दामा बहस नोट पेश गर्न आदेश

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं- हदबन्दी भन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार गरिएको पतञ्जली प्रकरणको मुद्दामा बहस नोट पेश गर्न विशेष अदालतले आदेश दिएको छ । उक्त भ्रष्टाचार मुद्दामा  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका व्यक्तिहरु जोडिएका छन । 
    विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाका दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको हो ।
    अख्तियारले पतञ्जली प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार भएको आरोपहरु लगाएको थियो । हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र गराउन गलत लिखत तयार गरेको उसको आरोप थियो । अख्तियारले त्यो आरोपमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरु मुद्दा चलाएको थियो ।
    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ अनि मुख्यसचिव माधवप्रसाद घिमिरेको भूमिकामाथि अख्तियारले प्रश्न उठाएको थियो । त्यसरी सट्टापट्टाको जग्गा किन्नेहरुमाथि पनि भ्रष्टाचार मुद्दा चलेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend