२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कालीकोटमा श्रीमतीको हत्या आशंकामा श्रीमान पक्राउ

कालीकोटमा श्रीमतीको हत्या आशंकामा श्रीमान पक्राउ

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • कालीकोट- नरहरिनाथ गाउँपालिका– ३, कुमाल गाउँकी २७ वर्षीया मानपुरा बुढाको शंकास्पद मृत्यु भएको छ।
    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले मृत्यु स्वाभाविक नभई शंकास्पद देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
    प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा मृतकका श्रीमान् काशीराम बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने र प्रमाण संकलन गर्ने काम गरिरहेको छ। शवलाई माइती पक्ष आएपछि पोस्टमार्टमका लागि पठाइने तयारी गरिएको प्रहरीले बताएको  छ।
    श्रीमान्–श्रीमतीबिच केही समयदेखि पारिवारिक विवाद हुँदै आएको अनुमान गरिएको छ। तर, यसको आधिकारिक पुष्टि भइसकेको छैन। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend