२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

सेयर बाँडफाँडमा गढबढ गरेको आरोपमा सन नेपाल लाइफ इन्स्योरेन्सका अर्याल पक्राउ

सेयर बाँडफाँडमा गढबढ गरेको आरोपमा सन नेपाल लाइफ इन्स्योरेन्सका अर्याल पक्राउ

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं-सेयर बाँडफाँडमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ ।

    सेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी प्रमुख मनोज केसीले बताए । अर्यालले सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्टयाएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गर्दा गलत विवरण भएको कागजात पेस गरेको आरोप छ । 

    फरक फरक निकायमा फरक फरक तरिकाले विवरण पेस गरेको देखिन आएको हुँदा धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा समेत गम्भीर त्रुटि देखिएको प्रहरीले जनाएको छ । अर्याललाई आजै काठमाडौंको पुतलीसडकबाट पक्राउ गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend