२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भोलिदेखि तीन दिनसम्म राति १० बजेदेखि बिहान चार बजेसम्म मुग्लिङ नागढुंगा सडकखण्ड बन्द गरिने

भोलिदेखि तीन दिनसम्म राति १० बजेदेखि बिहान चार बजेसम्म मुग्लिङ नागढुंगा सडकखण्ड बन्द गरिने

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ। भोलिदेखि ३ दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो। 
    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिङ-नागढुंगा सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरूमा सडक स्तरोन्नतिको कार्य अगाडि बढिरहेकाले रातिको समयमा सडक बन्द गर्न लागिएको हो। 
    सडक निर्माणका क्रममा पटक-पटक सवारी आवागमन बन्द गर्नु परेका कारण यात्रुहरूले यात्राको क्रममा कठिनाइ भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरूको आवागमन बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend