२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

इनिशा हत्याकाण्डका चार नाबालक पुपर्पक्षका लागि बाल सुधारगृह पठाइयो

इनिशा हत्याकाण्डका चार नाबालक पुपर्पक्षका लागि बाल सुधारगृह पठाइयो

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • सुर्खेत- जिल्ला अदालत सुर्खेतले इनिशा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरूलाई पुपर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको छ ।
    न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरूलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन मंगलबार आदेश दिएको हो । उनीहरूलाई बालबालिका ऐन २०७५ को दफा २४ को उप दफा २ (ख) बमोजिम बाल सुधारगृहमा पठाएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए । 
    सूचना अधिकारी रावलका अनुसार, हाललाई पुर्पक्षका लागि सुधारगृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेकोले सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुने बताए ।
    गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । उनी वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
    फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । 
    मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदै सम्मको कारबाहीको माग राख्दै आएका थिए 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend