२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नौ शवसहित ३ सय १८ यात्रु बोकेर कुवेत एयरवेजको बोईङ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नौ शवसहित ३ सय १८ यात्रु बोकेर कुवेत एयरवेजको बोईङ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौँ- कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
    मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर आएको उक्त चार्टर विमान बेलुका साढे ७ बजे भैरहवास्थित विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले जानकारी दिए।
    ३ सय ४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो ल्याइएको छ । कुवेतमा निधन भएका ९ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत ल्याइएको थियो।
    मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली)  छन्।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि आवश्यक अनुमति प्रदान गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend