२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

बाख्रालाई घाँस काट्न जंगल गएका विष्ट मृत फेला

बाख्रालाई घाँस काट्न जंगल गएका विष्ट मृत फेला

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • झापा-बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जंगल गएका एकजना सोमबार मृत फेला परेका छन् ।
    झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
    प्रहरी निरीक्षक नविन राईका अनुसार घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किएका उनी घर नजिकैको सामुदायिक वनमा मृत फेला परेका हुन् । विभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend